Logo

४ बैशाख २०८३, शुक्रबार

  • ताजा समाचार
  • परम्परा र संस्कृतिको झल्को, मुनलाइट मा.वि. मा तीज पर्व उत्साहका साथ मनाइयो

परम्परा र संस्कृतिको झल्को, मुनलाइट मा.वि. मा तीज पर्व उत्साहका साथ मनाइयो

परम्परा र संस्कृतिको झल्को, मुनलाइट मा.वि. मा तीज पर्व उत्साहका साथ मनाइयो

१० भाद्र २०८२, मंगलवार ०४:०३
१० भाद्र २०८२, मंगलवार ०४:०३

रंजीत शर्मा, नवलपरासी/ ९ भाद्र। पाल्हीनन्दन स्थित मुनलाइट माध्यमिक विद्यालयले सोमबार विद्यालय परिसरमै तीज पर्व विशेष कार्यक्रमका साथ मनाएको छ। विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा सांस्कृतिक विविधता र महिलाको भूमिकालाई उजागर गरिएको थियो।

कार्यक्रममा छात्रा तथा महिला समूहले तीजका पारम्परिक गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले कविता, नाटक र सामूहिक गायन मार्फत तीजको ऐतिहासिक तथा सांस्कृतिक महत्व उजागर गरेका थिए। कार्यक्रमले विद्यालय परिसरलाई उल्लासमय बनाएको सहभागीहरूले बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय प्रधानाध्यापकले तीज पर्वले महिला बीच एकता, आपसी सद्भाव र संस्कृतिको संरक्षणमा ठूलो भूमिका खेलेको बताए। उनले विद्यालयले शैक्षिक गतिविधि सँगै यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिए।

कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयले सांस्कृतिक परम्परा जोगाउने र नयाँ पुस्तामा नेपालीपन जगाउने काम गरेको भन्दै प्रशंसा गरेका थिए। अन्त्यमा सहभागी सबैले दर र मिठाइ आदान–प्रदान गर्दै तीज पर्वको शुभकामना व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud