Logo

११ कार्तिक २०८३, मंगलवार

  • ताजा समाचार
  • पाल्हीनन्दनले विविध कार्यक्रम गरी मनायो संविधान दिवस तथा राष्ट्रिय शिक्षा दिवस

पाल्हीनन्दनले विविध कार्यक्रम गरी मनायो संविधान दिवस तथा राष्ट्रिय शिक्षा दिवस

पाल्हीनन्दनले विविध कार्यक्रम गरी मनायो संविधान दिवस तथा राष्ट्रिय शिक्षा दिवस

२ आश्विन २०८३, शुक्रबार १५:१४
२ आश्विन २०८३, शुक्रबार १५:१४

पाल्हीनन्दन, ३ असोज।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले संविधान दिवस–२०८३ तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।दिवसको अवसरमा गाउँपालिकाले श्रवण तथा वाक् अपाङ्गता भएका विद्यार्थी अध्ययनरत सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

कार्यक्रममार्फत विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई थप सहज र प्रभावकारी बनाउन आवश्यक सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।यसैगरी संविधान दिवसको अवसरमा गाउँपालिका कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो।

सार्वजनिक स्थलको स्वच्छता र नागरिक उत्तरदायित्वप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।साँझ गाउँपालिका परिसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको थियो। नेपालको संविधानले स्थापित गरेको लोकतान्त्रिक मूल्य, नागरिक अधिकार, समावेशिता तथा सुशासनप्रति प्रतिबद्धता व्यक्त गर्दै सहभागीहरूले दीप प्रज्वलन गरेका थिए।

कार्यक्रम पाल्हीनन्दन गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णचन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष गोधन हरिजन, प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसी, गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरू तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले संविधानले सुनिश्चित गरेका मौलिक हक, समावेशी शासन व्यवस्था तथा शिक्षाको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका थिए। साथै संविधान दिवस र राष्ट्रिय शिक्षा दिवसले लोकतान्त्रिक मूल्य, सामाजिक सद्भाव तथा गुणस्तरीय शिक्षाप्रति थप जिम्मेवार बन्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud