Logo

४ बैशाख २०८३, शुक्रबार

  • ताजा समाचार
  • रमपुरवा साना किसान सहकारी संस्थाको २९ औं साधारण सभा सम्पन्न

रमपुरवा साना किसान सहकारी संस्थाको २९ औं साधारण सभा सम्पन्न

रमपुरवा साना किसान सहकारी संस्थाको २९ औं साधारण सभा सम्पन्न

१९ पुष २०८२, शनिबार ०८:४४
१९ पुष २०८२, शनिबार ०८:४४

रंजीत शर्मा/ नवलपरासी/१९ पुष।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०१ मा अवस्थित रमपुरवा साना किसान सहकारी संस्थाले आज आफ्नो २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभामा संस्थाको गत वर्षको कार्यसम्पादनको समीक्षा गर्दै आगामी वर्षका लागि नयाँ योजनाहरू अगाडि सारिएका छन्।

रमपुरवा साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष हेमन्त कुमार कानुको अध्यक्षता तथा पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलको प्रमुख अतिथिकतामा सम्पन्न भएको छ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि कँडेलले सहकारी ठगहरु अहिले देशका ठूलो नेता भएको भन्दै रवि लामिछाने माथि कटाक्ष गरेका छन्। उने शुभकामना दिँदै सहकारी संस्था देशको आर्थिक विकासको मेरुदण्ड भएकोले यसलाई थप गति दिन तथा युवा उद्यमशीलता तर्फ अग्रस हुन आग्रह गरे। उनले भने हाल आर्थिक अवस्थामा सुधार ल्याउन उद्यमशीलताको आवश्कता रहेकोले त्यस तर्फ लगानी गर्न आग्रह गरे।

oplus_4195328

त्यस्तै सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष हेमन्त कानुले संस्थाले किसानहरूको हितका लागि निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले किसानहरूलाई सहुलियतपूर्ण ऋण, बीउबिजन, मलखाद, एसएमएस प्रणालि, जग्गा खरिद लगायतका कृषि सामग्री उपलब्ध गराउँदै आएका छौँ। आगामी दिनमा हामीले किसानहरूको उत्पादकत्व बढाउनका लागि विभिन्न तालिम तथा गोष्ठीहरू आयोजना गर्नेछौँ।”

सभामा संस्था अध्यक्ष हेमन्त कुमार कानुले गत वर्षको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार महिला ८४६ र पुरुष ८०० गरी १६४६ जना शेयर सदस्य रहेको यस संस्थाले गत वर्षमा २३ करोड १० हजार ३ सय ३० रुपैयाँको कारोबार गर्दै १४ लाख १४ हजार ७ सय ५५ रूपयाँ नाफा आर्जन गरेको छ । संस्थाले किसानहरू लाई १६ करोड २१ लाख ६१ हजार २ सय ९६  रुपैयाँ बराबरको ऋण प्रदान गरेको छ। गत वर्षको तुलनामा २६ लाख कम नाफा भएको छ। ऋण असुल गर्न नसकेको कारण नाफा कम भएको बताए ।

संस्थाले व्यापार कर्जा, घर निर्माण तथा खर्च कर्जा, कृषि, पशुपालन कर्जा, तरकारी खेती कर्जा, वैदेशिक रोजगार कर्जा, ग्रामीण उद्यम कर्जा, बीमा बचत कर्जा लगायतको क्षेत्रमा लगानी गर्दै आएको छ।

सभामा उपस्थित अतिथिहरूले संस्थाको कामको प्रशंसा गर्दै आगामी दिनमा अझै राम्रो काम गर्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले संस्थाले किसानहरूलाई बजारको समस्या समाधान गर्नका लागि पनि पहल गर्नुपर्ने बताएका छन्।

कार्यक्रममा वार्ड नं ०१ का वडा अध्यक्ष चुलाहि यादव, ईलाका प्रहरी कार्यालय महेशपुरका प्रमुख, सशस्त्र प्रहरी बल हरपुरका प्रमुख, वार्ड सदस्य, संस्थाका पूर्व अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो भने लेखा प्रतिवेदन ले प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका प्रबन्धक रियाज अन्सारीले गरेका थिए।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud