Logo

४ बैशाख २०८३, शुक्रबार

हरपुरमा कम्बल वितरण कार्यक्रम सम्पन्न

हरपुरमा कम्बल वितरण कार्यक्रम सम्पन्न

२५ पुष २०८२, शुक्रबार १२:०४
२५ पुष २०८२, शुक्रबार १२:०४

पाल्हीनन्दन/२५ पुष — नेपाल रेडक्रस सोसाइटी परासीको सहयोग तथा पाल्हिनन्दन गाउँपालिका वडा नं. २ को सहकार्यमा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष जगदीश प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा चिसो मौसमका कारण बढी प्रभावित हुने गरिब, अपाङ्ग तथा जेष्ठ नागरिक गरी २० जनालाई कम्बल वितरण गरिएको हो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुप्ताले सामाजिक उत्तरदायित्व वहन गर्दै विपन्न वर्गलाई लक्षित यस्ता सहयोगात्मक कार्यक्रम निरन्तर रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले रेडक्रस जस्तो मानवतावादी संस्थाको सहयोगले समुदायस्तरमा राहत तथा सहयोगका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन सहज भएको बताउनुभयो।

चिसो बढ्दै गएको यस समयमा कम्बल वितरण कार्यक्रमले लक्षित वर्गलाई राहत मिलेको स्थानीयले प्रतिक्रिया दिएका छन्। कार्यक्रमले समाजमा आपसी सहयोग, सहकार्य र मानवियताको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud