Logo

४ बैशाख २०८३, शुक्रबार

  • ताजा समाचार
  • जानकी महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभा सम्पन्न

जानकी महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभा सम्पन्न

जानकी महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभा सम्पन्न

२६ पुष २०८२, शनिबार १६:००
२६ पुष २०८२, शनिबार १६:००

रंजीत शर्मा/ नवलपरासी/२६ पुष। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ मा अवस्थित जानकी महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा संस्थाको गत वर्षको कार्यसम्पादनको समीक्षा गर्दै आगामी वर्षका लागि नयाँ योजनाहरू अगाडि सारिएका छन्।

जानकी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमा देवी खरबारको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका वार्ड नं २ का वडा अध्यक्ष जगदीश प्रसाद गुप्ताको प्रमुख अतिथिकतामा सम्पन्न भएको छ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि गुप्ताले सहकारी संस्था देशको आर्थिक विकासको मेरुदण्ड भएकोले यसलाई थप गति दिन तथा युवा उद्यमशीलता तर्फ अग्रस हुन आग्रह गरे। उनले भने नियमित बचत, समय समय मा ब्याज र सावा तथा उद्देश्य अनुरूप लगानीलाई सदुपयोग गर्न आग्रह गरे ।

oplus_66578

सभामा संस्थाका व्यवस्थापक उषा देवी गुप्ताले वार्षिक तथा वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार महिला ५३६ जना शेयर सदस्य रहेको यस संस्थाले गत वर्षमा १ करोड ३८ लाख ४ हजार २ सय ६३ रुपैयाँको कारोबार गर्दै २ लाख ३० हजार रूपयाँ नाफा आर्जन गरेको छ । संस्थाले महिलाहरू लाई १ करोड ९ लाख ३ सय ६४  रुपैयाँ बराबरको ऋण प्रदान गरेको छ। गत वर्षको तुलनामा यस वर्ष १ लाख ३० बढी नाफा भएको छ।

संस्थाले व्यापार कर्जा, घर निर्माण तथा खर्च कर्जा, कृषि, पशुपालन कर्जा, तरकारी खेती कर्जा, वैदेशिक रोजगार कर्जा, ग्रामीण उद्यम कर्जा, बीमा बचत कर्जा लगायतको क्षेत्रमा लगानी गर्दै आएको छ।

सभामा उपस्थित अतिथिहरूले संस्थाको कामको प्रशंसा गर्दै आगामी दिनमा अझै राम्रो काम गर्ने विश्वास व्यक्त गरेका छन्। उहाँहरूले संस्थाले महिलाहरूलाई उद्यमशीलता तर्फ उन्मुख तथा आर्कषण गराउँदै रोजागारमुखी बनाउनु पर्ने बताएका छन्।

कार्यक्रममा वार्ड नं ०२ का वडा अध्यक्ष जगदीश प्रसाद गुप्ता, वडा सदस्य आसमा खातुन,समाजसेवी उर्मिला साहनी लगाएतको उपस्थिति रहेको थियो भने स्वागत मन्तब्य सपना खनालले गरेको थिइन्।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud