Logo

४ बैशाख २०८३, शुक्रबार

  • ताजा समाचार
  • निर्देशनको उल्लंघन गर्दै नवलपरासीका पाँच इट्टा उद्योगले लगाए आगो

निर्देशनको उल्लंघन गर्दै नवलपरासीका पाँच इट्टा उद्योगले लगाए आगो

निर्देशनको उल्लंघन गर्दै नवलपरासीका पाँच इट्टा उद्योगले लगाए आगो

२६ पुष २०८२, शनिबार १६:१५
२६ पुष २०८२, शनिबार १६:१५

रंजीत शर्मा/ नवलपरासी/ २६ पुस।सरकारी निर्देशन विपरीत नवलपरासी जिल्लाका पाँच वटा इट्टा उद्योगले इट्टा पोल्न आगो लगाएको आरोप आम नागरिकले लगाएका छन्। तोकिएको समयभन्दा अगाडि आगो लगाउँदा वातावरण प्रदूषण बढेको भन्दै स्थानीयवासीले गुनासो गरेका हुन्।

स्थानीय बासिन्दाका अनुसार प्रतिबन्धित अवधिमा इट्टा उद्योगबाट बाक्लो धुँवो निस्कँदा बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू बढी प्रभावित भएका छन्। “निर्देशन हुँदाहुँदै पनि उद्योगहरूले खुलेआम आगो लगाएका छन्, धुँवोले सास फेर्न गाह्रो भएको छ,” एक स्थानीयले बताए।

जनताले पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि हालसम्म कुनै औपचारिक अनुगमन वा कारबाही नभएको गुनासो गरेका छन्। वातावरणीय मापदण्ड पालना गराउन स्थानीय प्रशासन तथा सरोकारवाला निकायले चासो नदेखाएको भन्दै उनीहरू निरास भएका छन्।

औद्योगिक व्यवसाय ऐन २०७६ को दफा २० को उपदफा १० अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा बसेको औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २४३ औ बैठकले इँट्टा उद्योग सम्बन्धमा गरेको निर्णय अनुसार उद्योगबाट हुने प्रदूषण न्यूनीकरण गर्न एवम् कामदारको स्वास्थ्यलाई समेत ध्यान दिई इँटा पोल्ने कार्य प्रत्येक वर्षको पुस मसान्तपछि मात्र (माघ १ गतेदेखि) सुरु गर्ने भनी घरेलु तथा साना उद्योग कार्यालय मार्फत गत कार्तिक १४ गतेका दिन जिल्लाका सम्पूर्ण इँटा उद्योगलाई पत्राचार गर्दै निर्णय कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

सरकारले गरेको निर्णय कार्यान्वयन गर्न घरेलु तथा साना उद्योग कार्यालयले गरेको पत्राचारको समेत यहाँका इँटा उद्योगीहरूले अवज्ञा गरी आफूखुसी इँटा पोल्न सुरु गरेका थिए ।

जिल्लाका १६ वटा इँटा उद्योग मध्ये सरकारी नियमको ठाडो उल्लघंन गर्दै डियुबी ईट्टा उद्योग, हरी कृष्ण ईट्टा उद्योग रामग्राम-१३ र सरावल २ मनरी, सि एम ईट्टा रामग्राम, शुभ ईट्टा उधोग जहदा बर्दघाट लगायतले पुष पन्ध्र गते नै पोल्न सुरु गरिसकेका थिए ।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud