Logo

४ बैशाख २०८३, शुक्रबार

  • गृहपृष्ठ
  • रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह

रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह

रविको नवलपरासी कार्यक्रम यथावत्, भ्रममा नपर्न रास्वपाको आग्रह

२७ माघ २०८२, सोमबार १५:२३
२७ माघ २०८२, सोमबार १५:२३

नवलपरासी/ २६ माघ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) केन्द्रित जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम यथावत् रूपमा सम्पन्न हुने रास्वपा नवलपरासीले स्पष्ट गरेको छ।पार्टीका अनुसार सभापति लामिछाने माघ २७ गते मंगलबार नवलपरासी (ब.सु.प) का विभिन्न स्थानमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट, संवाद र अभिवादन गर्ने कार्यक्रम तयअनुसार नै अघि बढ्नेछ।

पछिल्लो समय सामाजिक सञ्जाल तथा अन्य माध्यममा फैलिएका भ्रमपूर्ण सूचनाप्रति ध्यानाकर्षण गर्दै पार्टीले कुनै पनि भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कार्यक्रम अन्तर्गत सभापति लामिछाने बिहान ८ बजे सुनवल चोकबाट जनसम्पर्क अभियान सुरु गर्नेछन्। त्यसपछि परासी बुद्ध चोक, बेलासपुर चोक, महेसपुर चोक, भुजहवा चोक, सूर्यपुरा चोक, बेलाटारी चोक हुँदै रुपौलिया बजार, गोपिगञ्ज चोक, जिमीघर बजार र अन्तिममा बर्दघाट बजारसम्म पुग्ने तालिका सार्वजनिक गरिएको छ।

रास्वपा नवलपरासीले उक्त कार्यक्रमलाई जनताको आवाज सुन्ने, प्रत्यक्ष संवाद गर्ने र परिवर्तनको यात्रामा नागरिकलाई सहभागी गराउने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। “तपाईंहरूको उपस्थिति नै हाम्रो शक्ति हो,” भन्दै पार्टीले सबै आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरेको छ।

पार्टीले कार्यक्रम यथावत् रहेको पुनः स्पष्ट पार्दै कुनै पनि गलत सूचना वा अफवाहको पछि नलाग्न र आधिकारिक सूचना माथि मात्र विश्वास गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud