Logo

४ बैशाख २०८३, शुक्रबार

  • गृहपृष्ठ
  • नवलपरासीमा नेपाली काँग्रेसलाई ठूलो धक्का; दर्जनौँ नेता–कार्यकर्ताले गरे पार्टी परित्याग

नवलपरासीमा नेपाली काँग्रेसलाई ठूलो धक्का; दर्जनौँ नेता–कार्यकर्ताले गरे पार्टी परित्याग

नवलपरासीमा नेपाली काँग्रेसलाई ठूलो धक्का; दर्जनौँ नेता–कार्यकर्ताले गरे पार्टी परित्याग

५ फाल्गुन २०८२, मंगलवार ०३:५७
५ फाल्गुन २०८२, मंगलवार ०३:५७

नवलपरासी / ५ फाल्गुन— नेपाली काँग्रेस नवलपरासीमा ठूलो धक्का लागेको छ। जिल्लामा सक्रिय केही प्रभावशाली नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। पछिल्लो समय बढ्दो आन्तरिक असन्तुष्टि र नेतृत्वप्रति असहमति जनाउँदै उनीहरूले सामूहिक रूपमा पार्टी छोडेको बताएका हुन्।पार्टी परित्याग गर्नेहरूमा पशुपति न्यौपाने, उर्मिला बनिया (अग्रहरी), गोमती परियार र बद्री आलम लगायतका नेता रहेका छन्।

पशुपति न्यौपाने नेपाली काँग्रेस नवलपरासी क्षेत्र नं ०२ “क” क्षेत्रीय सचिव , उर्मिला बनिया (अग्रहरी) नेपाली काँग्रेसकी सक्रिय नेतृका रूपमा चिनिन्थिन् भने गोमती परियार नेपाल महिला संघ रामग्रामकी पूर्व अध्यक्ष हुन्। रामग्राम नगरपालिका रामग्राम क्षेत्रमा महिला संगठन विस्तारमा उनको उल्लेखनीय भूमिका रहेको बताइन्छ।त्यसैगरी बद्री आलम नेपाल मुस्लिम संघ का जिल्ला अध्यक्ष थिए। मुस्लिम समुदायमा राम्रो प्रभाव भएका आलमको बहिर्गमनले पार्टीको समावेशी छविमा असर पर्ने विश्लेषण गरिएको छ।

त्यस्तै यस अघि भने बर्दघाट नगर सभापति दामोदर जिसी र क्षेत्र नम्बर १ का क्षेत्रिय सचिव बालिन्द्र बिक्रम शाही, नेपाल प्रेस युनियनका पूर्व सभापति तथा नेपाली काँग्रेस नवलपरासीका नेता पुरुषोतम सुवेदी लगायत ठूलो संख्यामा नेता कार्यकर्ताले साथ छोडेका छन्।

यसैबीच, पछिल्लो पुस्ताका ‘Gen-Z’ नेताहरू समेत रास्वपा प्रवेश गरेका छन् । त्यस्तै केही युवा नेताहरु समेत पार्टी छोडेका छन्। वा पुस्तामा देखिएको असन्तुष्टि र नेतृत्व सँगको दूरीले भविष्यमा संगठन थप कमजोर बन्न सक्ने संकेत देखिएको छ।

जिल्ला स्तरमा निरन्तर गुटबन्दी, टिकट वितरणमा असन्तुलन, तथा स्थानीय तहमा निर्णय प्रक्रियामा पारदर्शिताको अभावजस्ता कारणले नेताहरू असन्तुष्ट बनेको बुझिएको छ। नवलपरासी मा विकसित यो घटनाक्रमले आगामी निर्वाचन समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud