परासी, साउन १० — जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार साउन ८ गते दिउँसो करिब ३:०० बजे रामग्राम नगरपालिका–१० स्थित नदवा क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय ३० वर्षीय सुरज मल्ल लाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो।
खानतलासीका क्रममा उनले लगाएको सेतो रङको हाफ पाइन्टको दाहिने अगाडिको खल्तीबाट कालो र रातो रङको प्लास्टिकमा प्याक गरिएको ४ पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद पदार्थको डिजिटल तराजुबाट तौल गर्दा २ ग्राम ५८० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।पक्राउ परेका मल्ललाई लागूऔषध सम्बन्धी कसुरमा सम्मानित अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले जनाएको छ।