Logo

१२ श्रावण २०८३, मंगलवार

  • ताजा समाचार
  • नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पूर्व संयोजकहरू सम्मानित

नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पूर्व संयोजकहरू सम्मानित

नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पूर्व संयोजकहरू सम्मानित

१० श्रावण २०८३, आईतवार १४:२०
१० श्रावण २०८३, आईतवार १४:२०

रंजीत शर्मा ,नवलपरासी, साउन १०एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–३१, परासी (नवलपरासी) को २४औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आइतवार पदभार ग्रहण गरेको छ।

निर्वाचन समितिका संयोजक विजयकुमार जयसवालको अध्यक्षता तथा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा एम्नेष्टी इन्टरनेशनलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन्। उनले मानवअधिकार उल्लङ्घनका घटनामा संस्थाले अग्रपङ्क्तिमा रहेर आवाज उठाउँदै विशिष्ट पहिचान स्थापित गरेको उल्लेख गरिन्।

सो अवसरमा समूहका पूर्व संयोजकहरू विजयकुमार जयसवाल, सद्दाम हुसेन अन्सारी र धन जैसी शर्मालाई सम्मान गरिएको थियो। अन्य पूर्व संयोजकहरू भने कार्यक्रममा उपस्थित हुन सकेनन्।

२४औँ अधिवेशनबाट राजु देवान संयोजक, रंजीत शर्मा उप–संयोजक, सुकरात गौड सचिव, पुरुषोत्तम तिवारी सह–सचिव तथा निरुता चौधरी कोषाध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा निर्मला देवी जैसवाल, मुकेश नारायण लोनिया, अनिल बानियाँ (विनोद) र आदित्य प्रजापति निर्वाचित भएका छन्। त्यस्तै, केन्द्रीय प्रतिनिधिमा विजयकुमार जयसवाल तथा प्रदेश प्रतिनिधिमा रम्भा कुँवर र सुरज यादव निर्विरोध चयन भएका छन्।

कार्यक्रममा रामग्राम नगरपालिकाकी पूर्व उपप्रमुख रम्भा कुँवर, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष नगेन्द्र अग्रहरी, वरिष्ठ उपाध्यक्ष राजेश गुप्ता, कोषाध्यक्ष गिरिराज पाण्डे, सिटिजन जुरीका अध्यक्ष रामजी ज्ञवाली, पूर्व संयोजक विजयकुमार जयसवाल, सद्दाम हुसेन अन्सारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा करिब ५० जनाको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud