Logo

१९ भाद्र २०८३, शुक्रबार

  • ताजा समाचार
  • पाल्हीनन्दनका कार्यवाहक अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

पाल्हीनन्दनका कार्यवाहक अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

पाल्हीनन्दनका कार्यवाहक अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

१८ श्रावण २०८३, सोमबार ०७:४५
१८ श्रावण २०८३, सोमबार ०७:४५

नवलपरासी, १८ साउन।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णचन्द्र यादव र कार्यवाहक उपाध्यक्ष अनामिका हरिजनले सोमबार पदभार ग्रहण गरेका छन्।

गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दुवैले औपचारिक रूपमा पदभार ग्रहण गर्दै गाउँपालिकाको दैनिक प्रशासन, सेवा प्रवाह तथा विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) भ्रष्टाचार मुद्दामा असार ३२ गते निलम्बनमा परेपछि अध्यक्ष पद रिक्त रहेको थियो।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना)लाई राजनीतिक दलको सिफारिसका आधारमा निर्वाचन आयोगले असार ९ गते पदमुक्त गरेको थियो।उपाध्यक्ष अन्सारीले आफूलाई पुनः पदबहाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।उक्त रिट सर्वोच्च अदालतले खारेज गरेपछि उपाध्यक्ष पद पनि रिक्त भएको थियो।

अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि कानुनी व्यवस्था बमोजिम गाउँपालिकामा कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा नं. ६ का अध्यक्ष कृष्णचन्द्र यादवले तथा कार्यवाहक उपाध्यक्षको जिम्मेवारी वडा नं. ३ की वडा सदस्य समेत रहेकी कार्यपालिका सदस्य अनामिका हरिजनले पाएका हुन्।

दुवैले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।पदभार ग्रहण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud