Logo

२७ भाद्र २०८३, शनिबार

  • ताजा समाचार
  • लागुऔषध सहित दुई जना पक्राउ, १ हजार ५ सय एम्पुल बरामद

लागुऔषध सहित दुई जना पक्राउ, १ हजार ५ सय एम्पुल बरामद

लागुऔषध सहित दुई जना पक्राउ, १ हजार ५ सय एम्पुल बरामद

२० श्रावण २०८३, बुधबार ११:०३
२० श्रावण २०८३, बुधबार ११:०३

परासी, साउन २० — पश्चिम नवलपरासी प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका अनुसार साउन १९ गते साँझ करिब ५ बजे सरावल गाउँपालिका–६ बडसरो स्थित लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो भैरहवा शाखा र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले लु ६५ प ४८५१ नम्बरको मोटरसाइकललाई शङ्कास्पद अवस्थामा रोकी जाँच गरेको थियो।

Oplus_16908288

जाँचका क्रममा मोटरसाइकल चालक सरावल गाउँपालिका–४ निवासी २८ वर्षीय भाकुर गुप्ता र पछाडि सवार सरावल गाउँपालिका–६ निवासी २८ वर्षीय कृष्ण मोहन सहानीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूले बोकेको प्लास्टिकको झोलाबाट Diazepam Injection IP का ५०० एम्पुल, Buprenorphine Injection IP का ५०० एम्पुल र Promethazine (Phenergan) Hydrochloride Injection IP का ५०० एम्पुल गरी जम्मा १ हजार ५ सय एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध सम्मानित अदालतबाट लागूऔषध सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीले जनाएको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud