परासी/२ भाद्र — अर्थोपेडिक तथा स्पाइन सम्बन्धी समस्या भएका बिरामीलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले परासीमा सञ्चालनमा रहेको अर्थोपेडिक स्पेसियालिटी क्लिनिकले सेवा थप विस्तार गर्ने जनाएको छ।
आज परासीमा क्लिनिकले पत्रकार सम्मेलन गर्दै अस्पतालमा अर्थोपेडिक तथा स्पाइनसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध रहेको बताएको छ। बिरामीको आवश्यकता अनुसार विभिन्न प्रकारका अर्थोपेडिक उपचार तथा शल्यक्रिया गर्ने व्यवस्था रहेको जनाइएको छ।
क्लिनिकका अनुसार हाडजोर्नी तथा स्पाइन सम्बन्धी समस्याको निदान, उपचार र शल्यक्रिया सहित हात, खुट्टा, जोर्नी तथा अन्य हड्डी सम्बन्धी समस्याको उपचार गरिँदै आएको छ। साथै क्यान्सरसँग सम्बन्धित शल्यक्रिया तथा उपचार सेवा, आवश्यकता अनुसार औषधि, अप्रेसन तथा फलो–अप सेवा पनि उपलब्ध रहेको जनाइएको छ।

क्लिनिकमा अर्थोपेडिक स्पेसियालिस्ट तथा क्यान्सरसँग सम्बन्धित शल्यक्रिया गर्ने सर्जन डा. विजय कुमार गुप्ताले सेवा प्रदान गर्दै आएको छन्। डा. गुप्ताले मेडिकल साइन्स अध्ययन गरी MBBS तथा MS गर्नुभएको तथा त्यसपछि क्यान्सर अस्पतालमा फेलोसिप गरी क्यान्सरसँग सम्बन्धित उपचार तथा शल्यक्रियामा थप अनुभव हासिल गर्नुभएको छ।संस्थाले बिरामीको आवश्यकता र अवस्थालाई प्राथमिकतामा राख्दै आधुनिक तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य रहेको जनाएको छ। बिरामीलाई सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो मुख्य लक्ष्य रहेको क्लिनिकको भनाइ छ।

हाडजोर्नी तथा स्पाइनसम्बन्धी समस्याको निदान, उपचार र शल्यक्रियाका लागि भारतको महाराजगन्ज, गोरखपुर , लखनऊ, दिल्ली लगायतको ठाउँमा उपचार गराइने बाध्यता कम हुने सर्जन डाक्टर विजय गुप्ताले बताए। उनले त्यस ठाउँ भन्दा यता खर्च सस्तो पर्ने साथै गुणस्तरीय सेवा प्रवाह हुने बताए।
क्लिनिकले आगामी दिनमा पनि अर्थोपेडिक तथा स्पाइनसम्बन्धी विशेषज्ञ सेवा विस्तार गर्दै बिरामीलाई आवश्यकताअनुसार थप उपचार सुविधा उपलब्ध गराउने योजना अघि सारेको छ।क्लिनिकबाट अर्थोपेडिक तथा स्पाइनसम्बन्धी समस्या, हात–खुट्टा, जोर्नी तथा अन्य हड्डीसम्बन्धी समस्या, क्यान्सरसँग सम्बन्धित उपचार तथा शल्यक्रिया, औषधि, अप्रेसन र फलो–अप सेवा उपलब्ध हुने जनाइएको छ।