Logo

१९ भाद्र २०८३, शुक्रबार

  • गृहपृष्ठ
  • गैससं महासंघ नवलपरासीको ११औँ जिल्ला अधिवेशन सम्पन्न, रंजीत शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन

गैससं महासंघ नवलपरासीको ११औँ जिल्ला अधिवेशन सम्पन्न, रंजीत शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन

गैससं महासंघ नवलपरासीको ११औँ जिल्ला अधिवेशन सम्पन्न, रंजीत शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन

९ भाद्र २०८३, मंगलवार ०६:२०
९ भाद्र २०८३, मंगलवार ०६:२०

नवलपरासी, ९ भाद्र।गैर सरकारी संस्था महासंघ (गैससं) नवलपरासीको ११औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रंजीत शर्माको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा रंजीत शर्मा चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा सुदर्शन खरबार, सचिवमा रामकृपाल गुप्ता, सह–सचिवमा तिलकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा बच्चाराज भर चयन भएका छन्। सदस्यहरूमा शालिकराम पोखरेल, आदित्य प्रजापति लगायत अन्य सदस्यहरू चयन भएका छन् ।

अधिवेशन गैर सरकारी संस्था महासंघ नवलपरासीकी अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षतामा तथा साविक पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय गैर सरकारी संस्था महासंघका पूर्व उपाध्यक्ष बद्री सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले गैर सरकारी संस्थाहरूले समाज रूपान्तरण, सुशासन प्रवर्द्धन तथा नागरिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै संस्थागत एकता, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउन आग्रह गरे।

अधिवेशन सम्पन्न गराउन पूर्व उपाध्यक्ष विमलचन्द्र घिमिरेको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। समितिका सदस्यहरूमा राकेश गुप्ता र मञ्जु यादव रहेका थिए।

नवनिर्वाचित अध्यक्ष रंजीत शर्माले गैर सरकारी संस्थाहरूबीच समन्वय, सहकार्य तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै जिल्लामा सामाजिक विकास, मानव अधिकार, सुशासन र समुदाय केन्द्रित कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अधिवेशनले आगामी कार्यकालका लागि संस्थागत विकास, सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने विभिन्न योजनाहरू अघि बढाउने निर्णय समेत गरेको जनाएको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud